दफा १६
बोनस सम्बन्धी विवादको समाधान
(१)यस ऐनबमोजिम वितरण गरिने बोनसको विषयलाई लिएर कर्मचारी र व्यवस्थापकको बीच कुनै विवाद उठेमा श्रम कार्यालयले दुवै पक्ष राखी वार्ताद्वारा त्यस्तो विवादको समाधान गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम वार्ताद्वारा विवाद समाधान हुन नसकेमा श्रम कार्यालयले सम्बन्धित प्रतिष्ठान र कर्मचारीहरूलाई आवश्यक कागजात तथा स्याहा श्रेस्ता पेश गर्न लगाइ त्यसको आधारमा निर्णय गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम श्रम कार्यालयले गरेको निर्णय उपर चित्त नबुझ्ने पक्षले सोको सूचना पाएको मितिले ३५ दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न सक्नेछ र श्रम अदालतले गरेको निर्णय अन्तिम हुनेछ ।